प्राइम बैंकको अध्यक्षमा पुनः श्रेष्ठ

सोमबार, १७ जेठ, २०७८
डिजिटल संस्करण

प्राइम बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले निरन्तरता पाएका छन् । जेठ १४ मा बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो । 

यसअघि ०७६ साल जेठमा बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई दुई वर्षका लागि अध्यक्ष चयन गरेको बैंकले जनाएको छ । श्रेष्ठको सञ्चालक समिति सदस्यको पदावधि रहुन्जेल उनलाई अध्यक्षमा निरन्तरता दिइएको जनाइएको छ । 

सुझावित समाचार