प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ एमालेकी सचेतक चौधरीले फिर्ता गरिन् संसद् सचिवालयलाई गाडी

आइतबार, ९ जेठ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ एमालेकी सचेतक शान्ता चौधरीले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छिन् । उनी ओलीनिकट हुन् । 

उनले संसद् सचिवालयको बा.१झ ९१६० नम्बरको पजेरो जिप प्रयोग गर्दै आएकी थिइन् ।

उनले आइतबार दिउँसो गाडी फिर्ता गरेको संसद् सचिवालयले बताएको छ ।

सचिवालयका सवारीसाधन व्यवस्थापन शाखाका उपसचिव कान्छा दुलालले भने, ‘गाडी फिर्ता गर्नुभएको छ । उहाँले आजै फिर्ता गर्नुभएको हो ।’
 

सुझावित समाचार