बुधबारको करेक्सनपछि नेप्से परिसूचक बिहीबार झिनो अंकले बढेको छ । साताको पहिलो दिनबाट बढेको बजार करेक्सन हुँदै बिहीबार अन्तिम कारोबार बढेर बन्द हुन पुुगेको हो । अन्य दिनको तुलनामा कारोबार रकम भने केही घट्न पुुगेको छ ।
बिहीबार नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेर २ हजार ७ सय ८३ बिन्दुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले बढेर ४ सय ९८ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ समूहको सूचकमध्ये ५ समूहको सूचक सकारात्मक रहेको छ भने बाँकी समूहको सूचक नकारात्मक रहेको छ । बिहीबार लगानीकर्ता फाइनान्स समूहमा आकर्षित भएको देखिएको छ । फाइनान्स समूहको सूचक यस दिन ६ दशमलव १२ प्रतिशतले बढेको छ । त्यस्तै, डेभलपमेन्ट बैंक, वाणिज्य बैंकिङमा पनि लगानीकर्ताको पनि आकर्षण बढेको छ ।
गुडविल फाइनान्स, मञ्जुुश्री फाइनान्सको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । त्यस्तै, गुुराँस फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, आइसिएफसी फाइनान्सको करिब १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ । त्यस्तै, समता घरेलु लघुुवित्त, युुनाइटेड इदिमर्दी हाइड्रोपावर कम्पनीको पनि १० प्रतिशतले बढेको छ ।
पाँचथर पावर कम्पनी, खानी खोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, रुरु जलविद्युत् परियोजनाका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । रुरु परियोजनाको दोस्रो बजारमा कारोबारमा आएको दिनदेखि नै सर्किट मूल्यमा कारोबार हुँदै आएको थियो । यी कम्पनीको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १४ कम्पनीको २ करोड १ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३० करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रिइस्योरेन्स कम्पनी रहेको छ । कम्पनीको सो दिन ३४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा बैंक अफ काठमाण्डूको ३४ करोड १ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्सको २४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।