प्रधानमन्त्री केपी ओलीले बिहीबार नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटलाई बोलाएर कोभिडविरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराइदिन अनुरोध गरेका छन् । नेपालले भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोपको उत्पादक एस्ट्राजेनेका हो ।
भारतबाट तत्काल सम्भावना नभएपछि सरकारले अन्य मुलुकबाट एस्ट्राजेनेकाबाट उत्पादित खोप ल्याउने प्रयास थालेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एस्ट्राजेनेका खोप उपलब्ध गराउन प्रधानमन्त्रीले आग्रह गरेको जानकारी दिएका छन् ।
राजदूत पोलिटले पनि ट्विटरमा प्रतिक्रिया जनाउँदै नेपालको खोप प्राथमिकतालगायतका विषयमा छलफल भएको जानकारी दिएकी छिन् ।