परिणाम नआउँदै एमालेले भन्यो– बादलविरुद्ध मतदान गर्नु गम्भीर

बिहिबार, ६ जेठ, २०७८
डिजिटल संस्करण

सत्तारुढ एमालेले पार्टी उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको भन्दै भत्र्सना गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीको निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतपरिणाम नआउँदै ज्ञवालीले वक्तव्य जारी गरेका हुन् । राष्ट्रिय सभा सदस्यमा एमाले उम्मेदवार रामबहादुर थापा बादल र विपक्षी गठबन्धनका उम्मेदवार संघीयताविज्ञ खिमलाल देवकोटाबीच मुख्य प्रतिष्पर्धा भएको छ ।

See More On

सुझावित समाचार