लुम्बिनी प्रदेशका जसपाका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

सोमबार, ३ जेठ, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाका चार सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।


उनीहरू मन्त्री बनेपछि पार्टी निर्णय विपरित चलेको भन्दै जसपाको कारबाही गरेको थियो ।

सुझावित समाचार