हालैको संघर्षको मूल ध्येय धार्मिक मात्रै छैन, यसपछाडिको महत्वपूर्ण कारण भूमिमाथि कसको स्वामित्व कायम हुने भन्ने नै हो
हालै इजरायल–प्यालेस्टाइन संघर्षको सुरुवात त्यति वेला हुन पुगेको छ, जति वेला यरुसलममा अल अक्सा मस्जिदनजिकै इजरायली यहुदी राष्ट्रवादीहरूले एउटा र्याली निकाल्ने फैसला गरे । यो र्याली सन् १९६७ को इजरायली विजयको खुसियालीस्वरूप निकाल्न लागिएको थियो । सन् १९६७ मा इजरायलले यरुसलमका कैयौँ क्षेत्रमा कब्जा जमायो, जुन आजपर्यन्त इजरायलको कब्जामै छ । त्यही र्यालीमा ‘प्यालेस्टिनी चरमपन्थी’हरूले हमला गरेको भनियो र त्यसपछि त्यहाँ हिंसा भड्कियो । ‘प्यालेस्टिनी चरमपन्थी’लाई जवाफ दिने भन्दै इजरायली सुरक्षाकर्मीले रबरका बुलेट प्रहार गरे ।
त्यसमा कैयौँ प्यालेस्टिनी घाइते हुन पुगे । त्यसपछि स्थिति झन्भन्दा झन् बिग्रिँदै जान थाल्यो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलामा कम्तीमा १७ केटाकेटीसहित ८४ जनाको ज्यान गइसकेको छ भने चार सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । त्यसैगरी इजरायलका अनुसार हमलामा ‘चरमपन्थी संगठन’ हमासका कम्तीमा तीनजना ठूला नेताको पनि मृत्यु भएको छ । उनीहरूले वेस्ट बैंकको प्रतिनिधित्व गर्थे ।
यरुसलममा अल–अक्सा मस्जिदनजिकै इजरायली सुरक्षाबलसँग प्यालेस्टिनी प्रदर्शनकारीहरूको निकै बेरसम्म झडप भयो । प्यालेस्टिनीहरूका अनुसार झडपमा सयौँ नागरिक घाइते भएका छन् । यो झडपसँगै हमासले इजरायलमाथि हमला गर्ने धम्की दिएको थियो । त्यसपछि हमासले इजरायलमाथि केही रकेट पनि प्रहार गर्यो ।
अल–अक्सा मस्जिद, जुन टेम्पल माउन्टभन्दा माथि छ । यो इस्लामको तेस्रो सबैभन्दा ठूलो पवित्र स्थान हो । यही टेम्पलको पश्चिमी भित्तो यहुदी र अंग्रेज दुवैका लागि उत्ति नै पवित्र मानिन्छ । यसैकारण यहाँ घरिघरि विवाद भइरहन्छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमलापछि भने, ‘इजरायलमाथि रकेट प्रहार गरेर हमासले अति गर्यो, अब इजरायलले यसको पूर्ण शक्तिका साथ जवाफ दिनेछ ।’ त्यसपछि इजरायली सेनाले हमासलाई निसाना बनाउने भन्दै प्यालेस्टाइनमाथि हमला गर्यो । यो संघर्षको धार्मिक आयाम पनि छ, जुन पछि जोडिन आइपुग्छ । अल–अक्सा मस्जिद, जुन टेम्पल माउन्टभन्दा माथि छ, यो इस्लामको तेस्रो सबैभन्दा ठूलो पवित्र स्थान हो । यही टेम्पलको पश्चिमी भित्तो यहुदी र अंग्रेज दुवैका लागि उत्तिनै पवित्र मानिन्छ । यसैकारण यहाँ घरीघरी विवाद भइरहन्छ । यो भित्तो यहुदीका लागि कति महत्वपूर्ण छ भने यसको सुरक्षामा जहिले पनि इजरायली सेना तैनाथ रहन्छ ।
अल–अक्सा मस्जिद र टेम्पललाई लिएर कैयौँ वर्षदेखि विवाद र संघर्ष चलि नै रहेको छ । इजरायल र प्यालेस्टिनका बीच चल्ने यो संघर्ष कुनै नयाँ भने होइन । हालैको संघर्षको मूल ध्येय धार्मिक मात्रै छैन, यसका पछाडिको महत्वपूर्ण कारण, भूमिमाथि कसको स्वामित्व कायम हुने भन्ने नै हो । यो विवादको इतिहासतर्फ पुग्ने हो भने यो भूमि प्यालेस्टिनको भएको वास्तविकतालाई कसैले नकार्न सक्दैन ।
प्यालेस्टिनीहरू जो अरब मुस्लिम हुन यसै भूमिमा हुर्किएका हुन्, जसलाई आज हामी इजराइल भनेर चिन्छौँ । यस भूमिका लागि पहिले पनि दुईचोटि लडाइँ भइसकेको छ । पहिलो, अरब–इजरायल र दोस्रो इजरायल–प्यालेस्टिन । पहिलो लडाइँ भयो दुई समुदायको राष्ट्रवादका कारण, जुन द्वितीय विश्वयुद्धसँगै सतहमा देखा परेको थियो । त्यति वेला अरब देशहरू विदेशी शासनबाट आफूलाई स्वतन्त्र गराउन पनि संघर्षमा होमिएका थिए । अर्कोतर्फ भने विश्वभर फैलिएका यहुदीहरू अनेकौँ अत्याचारको चोट खप्दै आफ्नो देश खोजिरहेका थिए ।
दुवै समुदायले एउटै भूमिलाई आफ्नो ठानेपछि अप्ठेरोको सामना गर्नुपर्यो, जुन भर्खरै ब्रिटेनको कब्जाबाट मुक्त भएको थियो । यो अप्ठेरोलाई अन्तर्राष्ट्रिय समुदायले संज्ञानमा नलिएको होइन । सन् १९४७ मा संयुक्त राष्ट्रसंघले यो भूमिलाई दुइटा देशमा विभाजन गर्ने प्रस्ताव पनि ल्यायो । त्यसैबीच सन् १९४८ मा इजरायल एउटा देशको रूपमा देखा पर्यो । विदेशी शासन र हस्तक्षेप विरोधी भावनाबाट अरब मुलुक मुक्त भइसकेका थिएनन् । किनभने उनीहरू मुक्त भएको भर्खर एक वर्ष पुग्दै थियो । सन् १९४८ मा मिश्र, जोर्डन, इराक र सिरियाले इजरायलमाथि हमला गरे ।
प्यालेस्टाइनलाई जोगाउन होइन, उनीहरूका अनुसार इजरायल विदेशी शासनको प्रतीक थियो । तर, उनीहरू युद्धमा पराजित भए । यस युद्धमा आधा यरुसलम सहर इजरायलले कब्जा ग¥यो । यरुसलम अब प्यालेस्टिन र इजराइलबीच विभाजित सहर हो । अब वेस्ट बैंक र गाजामा मात्र प्यालेस्टिनीहरूका लागि ठाउँ बाँकी रह्यो र बाँकी सबै ठाउँ इजरायलले कब्जा गरिसकेको छ ।
(चौहान भारतीय पत्रकार हुन्)
जनपथबाट