कोरोनाका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमणबाट काठमाडौंं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेकामा आज निधन भएको हो ।

उनका अनुसार दुई साताअघि जिल्ला अदालतमा गरिएको परीक्षणमा रिपोर्ट पजिटिभ आएको थियो । श्रेष्ठलाई सुरुमा श्वास–प्रश्वासमा समस्या देखिएको थियो । मृतक श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । यसअघि कोरोनाका कारण न्यायपरिषद् सदस्य लक्ष्मीबहादुर निरालाको पनि निधन भएको थियो  । रासस

सुझावित समाचार