झिनो अंकले बढ्यो सेयर बजार

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

हाइड्रोपावर कम्पनीमा बढ्यो लगानीकर्ताको आकर्षण

झिनो अंकले बढेको नेप्से परिसूचकमा हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । बुधबार समूहगत रूपमा सबैभन्दा बढी बढ्नेमा हाइड्रोपावर रह्यो । यस समूहको सूचक १ दशमलव २२ प्रतिशतले बढेको छ भने उत्पादन समूहको १ दशमलव ७१ प्रतिशत, फाइनान्स समूहको सूचक १ दशमलव १८ प्रतिशतले बढेको छ । यस दिन कारोबारमा आएका सबै हाइड्रोपावर कम्पनीको सूचक सकारात्मक रहेको छ ।

अघिल्लो हप्तादेखिको करेक्सनपछि २ कारोबार उच्च सकारात्मक बनेको नेप्से सूचक बुधबार भने झिनो अंकले बढेको हो । विशेषगरी लगानीकर्ता ‘पर्ख र हेर’को अवस्था रहँदा नेप्से सूचकले उकालो लाग्न नसकेको लगानीकर्ताहरू बताउँछन् । बढ्दो कोरोना भाइरसको संक्रमणको त्रास, सरकार परिवर्तनको सम्भावनाले पनि नयाँ लगानीकर्ताहरू पर्ख र हेरको अबस्था बस्दा नेप्से लगभग स्थिर हुन पुगेको हो । 

आँखुखोला जलविद्युत कम्पनी, रुरु जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनीको सेयरमा करिब १० प्रतिशतले सकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावर, हिमाल–दोलखा हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । बटलर्स नेपाल(तराई) लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, विशालबजार कम्पनीमा १० प्रतिशतले सर्किट लेभलमा कारोबार भएको छ भने समता घरेलु लघवित्त वित्तीय संस्था, एनआरएन, इन्फ्रास्ट्रचर डेभलपमेन्ट बैंकमा पनि लगानीकर्ताहरू झुम्मिएको देखिएको छ । 

बुधबार नेप्से परिसूचक शून्य दशमलव ५६ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ८८ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव १४ अंकले बढेर ४ सय ७८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका २ सय कम्पनीको १ करोड ४५ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल  रिइन्स्योरेन्स रहेको छ । कम्पनीको ३५ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी रहेको छ । कम्पनीको २६ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको १४ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन गुमाउने कम्पनीमा साल्ट ट्रेडिङ कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य यस दिन २ दशमलव २७ प्रतिशतले घटेको छ भने सानिमा जनरल इस्योरेन्स २ दशमलव २३ प्रतिशतले घटेको छ ।

See More On

सुझावित समाचार