गुरुदेव फेरि शान्ति निकेतन आउनुभयो भने मनाही गरिदिने सम्भावना धेरै छ, तर पनि बंगाललाई यसपटक उनको जन्मोत्सव मनाउने अधिकार छ
गत आइतबार पश्चिम बंगालमा रवीन्द्रनाथ टैगोरको जन्मोत्सव कसरी मनाइयो भन्ने समाचार पढ्न पाइएन । तर, यसबीच उसले टैगोरको जयन्ती मनाउने अधिकार भने आफूमा सुरक्षित गर्न सक्यो । हालैको चुनाव परिणामले पनि बंगालको आत्माको मानमर्दन हुन पाएन । उसले आफ्नो रक्षा गर्न सक्यो र देशका लागि पनि केही भाग प्राणवायु भर्न सक्यो । २ मेभन्दा पहिलेसम्म सबैको मनमा र खास गरेर बंगालका शुभेच्छुकहरूको मनमा ठूलै आशंकाले घर गरेको थियो । के बंगाल जोगिन सक्ला ? के यसपटक रवीन्द्रनाथको प्रतिमामा पुष्पाञ्जली उनको विचार र भावको हत्याराद्वारा हुनेछ ? प्रतिमा प्राण–प्रतिष्ठा गर्ने पनि त मानिस नै हो ।
भित्ताहरू काटकुट गरेर सम्पूर्ण क्षेत्र नै विकृत पारिएको छ । यसपटक कोभिडको बहानामा पुसको मेला हुन दिइएन । पहिले जसले यहाँ नाङलो पसल थाप्ने गर्थे, अब उनीहरूलाई यहाँ निषेधित गरिएको छ ।
अम्बेडकर हुन् वा गान्धी, उनीहरूप्रति जसले घृणा र विष ओकल्ने गरेका छन्, तिनले श्रद्धाञ्जली दिँदा अपमान गरे जस्तो लाग्छ । सन् २०२१ मा बंगालले गर्वपूर्वक भन्न सक्छ आफ्नो कविलाई, जो फूल चढाउन आएको छ, उ नक्कली होइन, सक्कली हो । यसपटक प्रेम, सद्भाव, सदासयता, शालीनताका लागि अलिकति भए पनि ठाउँ जोगाउन सकियोस् । कहिलेसम्म हो भन्न सकिन्न, तर यस्तो हुरीका बीचमा पनि एउटा फूल जोगाउन सकिएको छ । अन्तिम विजय त केही पनि होइन । प्रत्येक पलको सिलसिला नै जीवन हो । एउटा क्षणलाई जोगाउने र उसको जीवनलाई नष्ट हुन नदिने नै मानवता हो ।
पत्रपत्रिकाले दिएको सूचनाअनुसार यसपटक बंगाली महिनाको २५ वैशाख र अंग्रेजी हिसाबले ९ मेका दिन पारम्परिक रूपमा कविको जयन्ती मनाइँदै छ । ९ मे यसपटक परेको हो, यसबारे हजारीप्रसाद द्विवेदीले लेखेका छन्– गुरुदेवको जन्मदिनको फैसला शान्ति निकेतनको सुविधाका हिसाबले गरिनेछ । उनको वास्तविक जन्मदिन त हिउँदमा पर्ने गथ्र्यो । शान्ति निकेतनको ग्रीष्मावकाश त्यहाँको इनारमा पानी रहनेमा निर्भर गथ्र्यो । अनि गुरुदेवको जन्मोत्सवमा सबैजना सहभागी कसरी हुने ? विधि के निकाल्ने भने पानीको संकट देखिनुअघि नै जन्मोत्सव मनाइहालौँ ।
थाहा छैन, अब १४ अप्रिलका दिन गुरुदेवको जन्मोत्सव शान्ति निकेतनमा मनाउने गरिन्छ कि गरिँदैन । साथै, शान्ति निकेतन भनेको पनि त नाम मात्रको त हो । कैयौँ वर्षपहिले ‘प्रतीची’ संस्थाको निमन्त्रणामा शान्ति निकेतन गएको थिएँ । तमिल आमाबुबाका छोरा, जो आफूलाई सागरभन्दा पनि धेरै भन्थे र जसले शान्ति निकेतनलाई नै आफ्नो आवास बनाएका थिए, ती सत्या सागर यसपटक त्यहाँबाट निराश भएर फर्केका थिए । भित्ताहरू काटकुट गरेर सम्पूर्ण क्षेत्र नै विकृति पारिएको छ । यसपटक कोभिडको बहानामा पुसको मेला हुन दिइएन । पहिले जसले यहाँ नाङलो पसल थाप्ने गर्थे, अब उनीहरूलाई यहाँ निषेधित गरिएको छ । यदि कसैगरी गुरुदेव फेरि शान्ति निकेतन आउनुपर्ने भयो भने उनले मनाही गरिदिने सम्भावना धेरै छ ।
फेरि पनि बंगाललाई यसपटक उनको जन्मोत्सव मनाउने अधिकार छ । हजारीप्रसादका अनुसार हरेक वर्षको आफ्नो जन्मदिनमा उनले उपदेश पनि दिने गर्थे । यति वेला उनले बंगालका बारेमा र भारतका बारेमा के भन्थे होलान् है ? उनले भन्ने थिए होलान्, यसपटकको ९ मे फासीवादको पराजयको दिन हो । उनले भन्ने थिए, फासिजमलाई चिन्न कैयौँपटक भूल पनि हुने गर्छ । उनीबाट पनि भएको थियो, सन् १९२६ मा मुसोलिनीको निम्तोमा उनी इटली गएका थिए ।
(लेखक दिल्ली विश्वविद्यालयका अध्यापक हुन्)
द वायरबाट