संसद्को अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

सोमबार, २७ बैशाख, २०७८
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । 

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि २७ वैशाखका लागि संसद्को अधिवेशन आह्वान भएको थियो । सोमबार भएको मतदानमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले ३० वैशाखसम्मका लागि संसद् बैठक स्थगित गरेका थिए ।  
 

सुझावित समाचार