यार्सा टिप्न पाटन पुगेका एक युवाको मृत्यु

बिहिबार, २३ बैशाख, २०७८
डिजिटल संस्करण

यार्सापाटन खुल्नु अगावै यार्सागुम्बा चोर्न पाटन पुगेका एकजना जुम्ली युवाको लेक लागेर मृत्यु भएको छ । जुम्ला जिल्ला गोठीचौर गाउँपालिका– ७ ग्रज्याङकाेटका १७ वर्षीय युवा सुमन रावलको लेक लागेर मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

जुम्ला–डोल्पा सिमानामा पर्ने जगदुल्ला गाउँपालिकाअन्तर्गत पर्ने यार्सापाटनमा यार्सा सिजन खुल्नुअगावै संकलनका लागि गएको र लेक लागेर बिरामी भएपछि काइगाउँ स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको पाण्डेले बताए ।

कोरोना कहरका कारण अघिल्लो वर्ष नखुलेका यार्सापाटन यस वर्ष भने आगामी जेठ  १० गतेदेखि खुलाउने निर्णय गरिएको छ ।
     
 

See More On

सुझावित समाचार