कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रियस्तरको अंक

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडकोे ऋणपत्र केएसबिबिएल डिबेन्चर, २०७८ ले अन्तर्राष्ट्रियस्तरको परिचय अंक इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआइएन) प्राप्त गरेको छ । १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको डिबेन्चरले आइएसआइएन प्राप्त गरेको हो । 

विकास बैंकले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियमबमोजिम सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरणसमेत गरिएको जनाएको छ । 

गत माघ २२ गते निष्कासन तथा बिक्री खुला गरिएको ऋणपत्रले वैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको जनाइएको छ । उक्त परिचय अंक अन्तर्राष्ट्रियस्तरमा ऋणपत्र, बन्ड, स्टक आदिजस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्ने बैंकले जनाएको छ । 

सुझावित समाचार