जनमोर्चाका सांसद शाहीले अस्पतालबाट भने– पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै छ

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् । पोखराको चरक अस्पतालबाट बिहीबार आफ्नोबारेमा जानकारी दिँदै शाहीले स्वास्थ्यमा सुधार आइरहेको र थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नबारे प्रस्ट पार्ने बताएका छन् । 

अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने दिन सदनमा जाने तयारी गरेको अवस्थामा अचानक बिरामी भएको उनले बताएका छन् । उनले भनेका छन्,  ‘मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु, म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौँ प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि बुधबार अविश्वासको प्रस्तावमा मतदान गर्ने तयारी भइरहँदा शाही सम्पर्कविहीन भएका थिए । सोही कारण सभामुखले प्रदेश सभा बैठक स्थगित गरेका थिए ।

सुझावित समाचार