सोलुखुम्बुमा तोकिएकोभन्दा चर्को भाडा लिने सवारीचालकलाई कारबाही

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण

कोरोना भाइरसको संक्रमण जोखिम बढिरहेको मौका पारी राजधानीबाट सोलुखुम्बु प्रवेश गर्ने यात्रुहरूबाट चर्को भाडा असुली गर्ने सवारीचालकलाई कारबाही गरिएको छ । 

बुधबार पत्ताले नाकामा परिचालित प्रहरी टोलीले तोकिएकोभन्दा बढी भाडा असुली गर्ने सवारीचालकलाई नियन्त्रणमा लिई जरिवाना तिराएको हो ।  काठमाडौंमा निषेधाज्ञा लागू भएपछि जिल्ला भित्रिने नागरिकहरूको संख्या बढिरहेको छ । 

यात्रुहरूको चाप बढिरहेको मौका छोपी ना.१ज ७३१६, ना.१ज ५८७१, ना.१ज ४८०४ र ना.१ज ५५५५ नम्बरको सुमो गाडीमा सवार १४ जना यात्रुबाट तोकिएकोभन्दा बढी भाडा लिइएको थियो ।

यात्रुबाट बढी लिइएको नौ हजार पाँच सय रुपैयाँ उनीहरूलाई नै फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर ऋषिराम ढकालले बताए ।  

सुझावित समाचार