गण्डकी प्रदेश सभाका सांसद थापाको आक्रोश : अविश्वासको प्रस्ताव कात्रो बनेर आयो

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेश सभामा एमाले सांसद कृष्णबहादुर थापाले कोरोना महामारीको वेला मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव कात्रो बनेर आएको टिप्पणी गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा सांसद थापाले कोरोनाको समयमा आइसोलेसन र भेन्टिलेटरको विषयमा छलफल गर्नुपर्ने ठाउँमा अविश्वासको प्रस्तावमाथि छलफल गर्नु दुःखद भएको बताए । 

मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव गण्डकी प्रदेशका जनताको अभिमतको विरुद्ध भएको उल्लेख गरे । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नयाँ गठबन्धन बनाइएकोप्रति आक्रोशित हुँदै थापाले भने, ‘यो गठबन्धन फाटेको धोतीजस्तै हो । जुनसुकै वेला च्यातिन सक्छ ।’

राजनीतिक अस्थिरता फैलाउन अविश्वासको प्रस्ताव आएको थापाले बताए । उनले मुख्यमन्त्रीमाथि भएको षड्यन्त्र धेरै दिन टिक्न नसक्ने दाबी गरे । 

सुझावित समाचार