एमाले बैठकमा अविश्वासको प्रस्ताव र फ्लोर क्रसबारे छलफल

आइतबार, १२ बैशाख, २०७८
डिजिटल संस्करण


प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सत्तारुढ एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा अविश्वासको प्रस्ताव र फ्लोर क्रसबारे छलफल भएको छ । विपक्षी दलहरूबाट दर्ता अविश्वासको प्रस्ताव र आफ्नै दलबाट हुन सक्ने फ्लोर क्रसबारे बैठकमा छलफल भएको हो । 

परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको र कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेको भन्दै त्यसबारेमा आवश्यक जानकारी लिइरहेको बताए । नेताहरूलाई सोधिएको स्पष्टीकरणको सम्बन्धमा उपयुक्त समयमा निर्णय गरिने पनि उनले बताए । 

बैठकपछि उनले भने, ‘त्यसको (अविश्वासको प्रस्ताव र फ्लोर क्रस)बारेमा पनि अलिकति जानकारी गराउनुभयो प्रधानमन्त्रीले । अस्ति नै बैठकले त्यसबारेमा छलफल गरेर प्रस्ताव तयार गर्न स्थायी कमिटीलाई भनेको हुनाले आवश्यक निर्णय आगामी दिनमा हुँदै जानेछन् । अलिकति स्थितिको हामीले समीक्षा ग¥यौँ । अहिले अविश्वासको प्रस्ताव त्याउने कोसिसहरू पनि भइरहेको छ । प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन । तर, कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउन पनि प्रयास हुँदै गरेका त्यस्ता प्रयास पनि छन्, तिनीहरूको बारेमा हामीले आवश्यक जानकारी लिइरहेका छौँ, आवश्यक निर्णयहरू पछाडि उपयुक्त समयमा गरिनेछ ।’
 

सुझावित समाचार