भूकम्पको केन्द्रबिन्दु बारपाकमा भोलि सार्वजनिक बिदा

शनिबार, ११ बैशाख, २०७८
डिजिटल संस्करण

२०७२ सालको भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सुलिकोट गाउँपालिकामा भोलि सार्वजनिक बिदा हुने भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । 

‘गत चैत २५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले २०७२ सालको भूकम्पमा ज्यान गुमाउनेहरूको स्मृतिमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छौँ ।  पालिकाअन्तर्गतका सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विद्यालयहरूमा सार्वजनिक बिदा हुनेछ’, भण्डारीले भने । 
 
०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दु यही पालिकाको वडा नम्बर १ र २ मा पर्छ । भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाले स्थानीय संघसंस्थासँग समन्वय गरेर विभिन्न कार्यक्रमको आयोजना गरेको छ । 

यसअघि नै लिगलिगकोटदेखि बारपाकसम्मको दौड, साइकल यात्रालगायतका सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको पालिकाले कोरोना संक्रमण जोखिम बढेको भन्दै त्यो कार्यक्रम स्थगित गरेको छ ।

See More On

सुझावित समाचार