गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य भएसँगै तीन दलको आकस्मिक बैठक

बिहिबार, २ बैशाख, २०७८
डिजिटल संस्करण

सरकारले गण्डकी प्रदेश सभाको अधिवेशन मध्यरातमा अन्त्य भएको घोषणा गरेसँगै मुख्य तीन दलले आकस्मिक बैठक राखेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बसेको हो ।

कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा अहिलेको संवैधानिक  जटिलतालाई कसरी फेस गर्ने र नयाँ रणनीतिबारे छलफल केन्द्रित रहने एक नेताले बताए । 

सुझावित समाचार