दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त

सोमबार, २३ चैत, २०७७
डिजिटल संस्करण

दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । मैनाली हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।  

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन अनुसार नवनियुक्त सदस्य मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष  लक्ष्मीप्रपन्न निरौलाले शपथग्रहण गराएका हुन् । 

सुझावित समाचार