बागमती प्रदेशमा माओवादीबाट सरकारलाई दिएको समर्थन फिर्ता

बुधबार, १८ चैत, २०७७
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्र बागमती प्रदेश सरकारबाट औपचारिक रूपमा बाहिरिने भएको छ । माओवादीले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारलाई तीन वर्षदेखि गर्दै आएको समर्थन फिर्ता लिने भएसँगै माओवादी केन्द्र औपचारिक रूपमै सरकारबाट बाहिरिएको हो ।

सोमबार काठमाडौंस्थित प्रदेश पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारविरुद्ध प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग एकता गरेर सशक्त रूपमा प्रतिपक्षीको भूमिका निभाउने निर्णय गरेको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

‘अविश्वासको प्रस्ताव तत्कालीन रूपमा अगाडि बढ्न सक्ने अवस्था छैन । त्यसकारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हौँ,’ उनले भने । बैठकले तत्कालीन नेकपा एमालेसँगको एकताअगाडिकै संसदीय दलको पदाधिकारीलाई पुनः चयन गरेको छ । बैठकले संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल, उपनेता कुमारी मोक्तान, प्रमुख सचेकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको हो । बागमती प्रदेश सभामा माओवादीको २३ मत रहेको छ ।
 

सुझावित समाचार