ग्यालेक्सी एम१२ स्मार्ट फोन बजारमा

सोमबार, १६ चैत, २०७७
डिजिटल संस्करण

सामसङले आफ्नो मोनस्टार रिलोडेड ग्यालेक्सी एम१२ नेपाली बजारमा ल्याएको छ । कम्पनीले सन् २०२० मा ग्यालेक्सी एम११ तथा ग्यालेक्सी एम२१ ल्याएको थियो । ग्यालेक्सी एम१२ मा ९० एचजेड रिफ्रेस रेट, शक्तिशाली ८ एनएभ प्रोसेसर, आइएसओ सेल प्लस टेक्नोलोजी, ४८ एमी क्वाड क्यामरा तथा शक्तिशाली ६००० एमएच ब्याट्री रहेको छ । सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणयरत्न स्थापितका अनुसार ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्र्दै कम्पनीले एम सिरिज परिवारअन्तर्गत नयाँ उत्पादन ल्याएको हो । 
 
 फर्मेन्स रिलोडेड
एम१२ मा राखिएको एक्जिनस ८५० अक्टाकोर प्रोसेसरले स्मार्ट फोनको कार्यक्षमता अझै उत्कृष्ट बनाएको छ । त्यसैगरी, पावर इफिसेन्ट ८ एनएम प्रोसेसरले स्मुथ मल्टिटास्किङ अनुभव दिन्छ । विभिन्न ब्राउजिङ मल्टिटास्किङमा पनि कम ब्याट्री खपत गर्न मद्दत गर्छ ।

 ब्याट्री रिलोडेड
नयाँ ग्यालेक्सी एम१२ मा ६००० एमएएच ब्याट्री र यसको बक्समा १५ वाटको फास्ट चार्जर पनि राखिएको छ । ग्राहकले विनाचार्ज पूरै दिनरात मोबाइल चलाउन सक्छन् । फास्ट चार्जिङ प्रविधिले शतप्रतिशत ब्याट्री लाइफ एकदम छोटो समयमा दिन्छ । ८ एनएम प्रोसेसरले ब्याट्रीलाई पावर इफिसिएन्ट बनाएको छ ।
 
 डिस्प्ले रिलोडेड

 ग्यालेक्सी एम१२ स्मार्ट फोन ९० एचजेड रिफ्रेस रेटका साथ साथ ६.५ इन्चको एचडी प्लस इन्फिनिटी भी डिस्प्लेका साथ उपलब्ध छ । नयाँ स्मार्ट फोन २०ः९ को अनुपातका साथ, डल्बी एटमोस स्पोर्टका साथ हेडसेटलाई ब्लुटुथ वाइर प्रयोग गर्न सकिन्छ । यस्तो सुविधाले उत्कृष्ट अडियो तथा सिनेम्याटिक भ्युइङ एक्सपेरियन्स प्रदान गर्छ ।

  क्यामरा रिलोडेड
नयाँ स्मार्ट फोनमा ट्रु ४८ एमपीको मेन क्यामराका साथ उच्चस्तरीय रिजोलुसनयुक्त क्वाड क्यामरा सेटअप रहेको छ । आइएसओसेल जिएम २ सेन्सरले क्ल्यारिटीका साथ विस्तृत रूपमा फोटो खिच्न सकिन्छ । यसमा भएको ५ एमपी माइक्रो लेन्सले क्लोज अप सटलाई विस्तृत रूपमा खिच्न सक्छ । साथै, २ एमपी डेफ्थ क्यामराले आश्चर्यजनक कपोटे«ट खिच्न सकिन्छ । त्यसैगरी ८ एमपीको फ्रन्ट क्यामराले हाई रिजोलुसनको सेल्फी खिच्ने स्वतन्त्रतासमेत प्रदान गरेको छ । 

 मूल्य  
कालो, नीलो तथा सेतो रङमा उपलब्ध फोनको मूल्य फोर जिबी प्लस ६४ जिबीको १८ हजार ४ सय ९९ र ६ जिबी प्लस १२८ जिबीको मूल्य २२ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।

सुझावित समाचार