मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति

शनिबार, १४ चैत, २०७७
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छिन् ।


राष्ट्रपति भण्डारीले शनिबार ट्विट् गर्दै उनको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएका छन् ।

स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि गरिन् । 

सुझावित समाचार