सत्तारुढ एमालेको केन्द्रीय कार्यालय अब थापाथलीमा रहने भएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यालय रहने भवनको बुधबार निरीक्षण गरेका छन् । धुम्बाराहीबाट थापाथलीस्थित एक व्यापारीको घरमा पार्टी कार्यालय सार्ने एमालेको तयारी छ । बल्खुस्थित पार्टी कार्यालय भूकम्पले भत्किएपछि एमालेले धुम्बाराहीमा भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । बल्खुमा आफ्नै भवन बनाउने तयारी एमालेको छ ।




