धारिलो हतियार प्रयोग गरेर छोराले गरे बाबुको हत्या

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण

सुर्खेत गुर्भाकोट नगरपालिकाका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् ।  गुर्भाकोट नगरपालिका– ६ मुकारेका ६० वर्षीय नन्दराम वलीको आफ्नै छोरा लोकेश वलीले हत्या गरेका हुन् ।  

घरबाहिर बरन्डाको खाटमा सुतिरहेको बाबुको छोरा लोकेशले घाँटीमा धारिलो हतियार प्रहार गरेको हत्या गरेको  कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनचन्द ठकुरीले जानकारी दिए । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ठकुरीले बताए । 
 

See More On

सुझावित समाचार