केपी ओलीका कुनै पनि अवैध निर्णय मान्दैनौँ : भीम रावल

मंगलबार, १० चैत, २०७७
डिजिटल संस्करण

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी ओलीले गरेका कुनै पनि अवैध निर्णय नमान्ने चुनौती दिएका छन् । मंगलबार माधवकुमार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले फागुन २८ गते बालुवाटारमा ओलीले गरेका अवैध निर्णयहरू कुनै पनि हालतमा नमान्ने बताएका हुन् ।

उनले ओलीले नवौँ महाधिवेशनको विधान मिचेर केन्द्रीय कमिटीमा नयाँ सदस्य भर्ती गरेको भन्दै यो निर्णय अवैध भएको बताएका छन् । 

‘नवौँ महाधिवेशनको विधानविपरीत अवैध निर्णय गर्ने मान्छेले हामीलाई अनुशासन सिकाउने ?’ भन्दै प्रश्न गरे ।  

सुझावित समाचार