नेपाल भेटेरेनरी एसोसिएसनको अध्यक्षमा डा. शीतलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । तेस्रोपटक अध्यक्ष निर्वाचित हुने क्रममा श्रेष्ठले कुल मत चार सय ८६ मध्ये तीन सय ८६ मत पाएका थिए ।
उपाध्यक्षमा डा. कृष्ण काफ्ले निर्वाचित भएका छन् । महासचिव, सचिव, कोषाध्यक्ष र प्रधान सम्पादकमा क्रमशः डा. अशेष भट्टराई, डा. रामचन्द्र सापकोटा, डा. सिकेश मानन्धर र डा. सुरेन्द्र कार्की निर्विरोध चयन भएका छन् ।
कार्यसमिति सदस्यमा डा. शंकर न्यौपाने, डा. सेरिन अमात्य, डा. अजितकुमार कर्ण, डा. महेश्वर दाहाल, डा. रकसन कर्माचार्य र डा. सविना लम्साल निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित श्रेष्ठले पशु चिकित्सकको समग्र पेशालाई थप मर्यादित बनाउन र भेटेरेनरी अध्ययनको दायरालाई फराकिलो बनाउन पहल गर्ने बताएका छन् ।