कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

शुक्रबार, ६ चैत, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम कर्णाली प्रदेश सरकारका मुख्य कानुनी सल्लाहकारको रूपमा मुख्य न्यायाधिवक्तामा खनाललाई नियुक्त गरेका हुन् । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा साबिक सिँगौडी–३ दैलेखका खनाललाई प्रदेश प्रमुखको कार्यालयमा नियुक्ति तथा शपथ खुवाइएको हो ।

नियुक्तिपत्र हस्तान्तरणलगत्तै कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा १६ बमोजिम उच्च अदालत सुर्खेतका कायममुकायम मुख्यन्यायाधीश राजेश्वर तिवारीले खनाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।
 

सुझावित समाचार