मालपोत कार्यालय कञ्चनपुरका अधिकृत घुससहित पक्राउ

बिहिबार, ५ चैत, २०७७
डिजिटल संस्करण

मालपोत कार्यालय कञ्चनपुरका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत लोकराज जोशीलाई २४ हजार नगदसहित पक्राउ गरेको हो । 

सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशी पक्राउ परेको अख्तियारले जनाएको छ । गत वर्ष पनि मालपोतकै कर्मचारी डेढ लाख नगदसहित पक्राउ परेका थिए । 

सुझावित समाचार