किर्ते कागजपत्र पेस गरी ठेक्का लिएको आरोपमा ठेकेदार पक्राउ

बिहिबार, ५ चैत, २०७७
डिजिटल संस्करण

किर्ते कागजपत्र पेस गरी ठेक्का हात पारेको खुलेपछि ठेकेदार रवीन्द्र महर्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो । 

भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रहेका उनले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको लेटरप्याड किर्ते गरेका हुन् । ४३ करोड ३७ लाख ५५ हजारबराबरको निर्माणसम्बन्धी काम सो कम्पनीले गरेको भनेर प्रमाणित गरेको नक्कली पत्र पेस गरी उनले विभिन्न सरकारी ठेक्काहरू लिएका थिए । 

उनको कम्पनीले ललितपुरमा चार, मकवानपुरमा ११ र धादिङमा १० वटा विद्यालय भवन निर्माणको ठेक्का पाएको थियो । महर्जनविरुद्ध लिखतसम्बन्धी कसुर मुद्दामा कारबाही अघि बढाइएको सिआइबीकी एसपी गंगा पन्तले बताइन् ।

सुझावित समाचार