ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने नेपाल समूहका सांसदको निर्णय

बालुवाटार जान हिडेका सांसदहरु सिंहदरबार छेउछाउ पुगेर फर्किए

बिहिबार, ५ चैत, २०७७
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार समूहका सांसद नजाने भएका छन् । बिहीबारका लागि ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् ।

नेपाल पक्षले ओलीको बैठक बहिष्कार गर्ने निर्णय गरे पनि सांसदहरूले छुट्टाछुट्टै छलफल चलाएका थिए । अन्ततः सांसदहरूको छलफलबाट पनि बैठकमा नजाने निष्कर्ष निस्किएको एक नेताले बताए । माधव नेपाल पक्षका केही सांसद बालुवाटारको बैठकमा जान हिँडे पनि पुनः फर्किएका थिए।

गणेश पहाडी भन्छन्, ‘बालुवाटारको बैठकमा जाने कुरा भएको थियो, तर फेरि नजाने भनेपछि केही सांसदहरू बाटैबाट फर्किनुपर्याे।’ बालुवाटार जान हिँडेका सांसदहरू सिंहदरबार छेउछाउमा पुगेर पुनः फर्किएका थिए ।

सुझावित समाचार