सोलुखुम्बुमा दोस्रो चरणमा ३७ सयलाई खोप

मंगलबार, ३ चैत, २०७७
डिजिटल संस्करण

सोलुखुम्बुमा दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकसहित करिब ३७ सयलाई कोरोनाको खोप लगाइएको छ । २३ फागुनबाट सुरु भएको दोस्रो चरणको खोप अभियानमा जिल्लाका तीन हजार ६ सय ६३ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । 

दोस्रो चरणको पहिलो अभियानमा महाकुलुङ गाउँपालिकामा ११ सय २२, सोताङ गाउँपालिकामा ६ सय २३, नेचासल्यान गाउँपालिकामा १३ सय २१ र लिखुपिके गाउँपालिकामा पाँच सय ९८ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए । 

जिल्लामा पहिलो चरणमा छुटेका कर्मचारी, पत्रकार, जनप्रतिनिधिसहित ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइएको छ । बाँकी अन्य स्थानमा पनि छिट्टै खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
 

See More On

सुझावित समाचार