गंगाजमुना गाउँपालिकाका इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

धादिङको गंगाजमुना गाउँपालिकाका इन्जिनियर पूजा कार्की र लेखा अधिकृत अर्जुनप्रसाद सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सडकको ट्रयाक खोल्ने ठेक्कामा बिल भुक्तानी र प्राविधिक परीक्षणका लागि ९५ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीलाई गत फागुन पहिलो साता पक्राउ गरेको थियो ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद लम्सालका अनुसार अनुसन्धानका क्रममा लेखा अधिकृत सापकोटाको पनि संलग्नता देखिएपछि नियन्त्रणमा लिइएकाेमा शुक्रबार दुवैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियारले उनीहरूविरुद्ध ९५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१०  बमोजम मुद्दा दायर गरिएको हो।

सुझावित समाचार