नेपाल लिकर्सले ल्यायो मिस्टर डोवल्स नम्बर वान लक्जरी

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

नेपाल लिकर्स प्रालिले नयाँ ब्रान्ड मिस्टर डोवल्स नम्बर वान लक्जरी बजारमा ल्याएको छ । कम्पनीले स्मुदेस्ट नम्बर वान लक्जरी ट्यागसहित यो उत्पादन बजारमा ल्याएको हो । 

यो मदिरा ७५०, ३७५ र १८० मिलिलिटरको बोतलमा ल्याएको जनाइएको छ । यी ब्रान्डहरू क्रमशः ९ सय २०, ४ सय ६० र २ सय ३० रुपैयाँमा उपलब्ध रहेको नेपाल लिकर्सले जनाएको छ ।

कम्पनीका अध्यक्ष राजेशवीर सिंह तुलाधरले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले यो ब्रान्ड बजारमा ल्याएको बताए । कम्पनीले हाल एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लू रिब्यान्ड जिनजस्ता ब्रान्डका मदिरा उत्पादन गर्दै आएको जनाएको छ । 
 

सुझावित समाचार