माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका नेताहरूबीच पेरिसडाँडामा छलफल

बुधबार, २६ फागुन, २०७७
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच छलफल भएको छ । 

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा शीर्ष नेताहरूबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

माओवादी केन्द्रको बुधबारको स्थायी कमिटी बैठकले कांग्रेस र जसपाका नेताहरूसँग थप छलफल गर्ने निर्णय गरेको थियो । पार्टी निर्णयअनुसार छलफल भएको सापकोटाले बताए । 

प्रचण्डले मंगलबार जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
 

सुझावित समाचार