माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने, १ चैतमा कार्यकर्ता भेला (भिडियोसहित)

मंगलबार, २५ फागुन, २०७७
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रले संसद, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग छलफल गर्ने भएको छ । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले वर्तमान राजनीतिक परिस्थितिबारे कांग्रेस र जसपासँग प्राथमिकताका साथ छलफल र वार्ता गर्ने निर्णय गरेको हो । त्यसपपछि आवश्यकताको आधारमा एमालेसँग पनि वार्ताको प्रक्रिया अघि बढाउन सकिने निर्णय बैठकले गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकले संगठनात्मक कामका सम्बन्धमा अहिलेको परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न २९ फागुनमा केन्द्रीय कमिटीको बैठक र १ चैतमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।
 

सुझावित समाचार