माओवादी केन्द्रले समर्थन फिर्ता लिए विश्वासको मत लिएर बढ्छु : ओली

आइतबार, २३ फागुन, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलापछि राजनीतिक परिस्थितिमा बदलाव देखिएकाले नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिएर अघि बढ्ने बताएका छन् ।

सर्वोच्च अदालतले नेकपाको एकता भंग हुनेगरी नेकपा एमाले र माओवादी केन्द्रलाई नै मान्यता दिने फैसला सुनाएपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा ओलीले त्यस्तो बताएका हुन् ।

‘सर्वोच्चको फैसलाले हामीलाई हराएको छ, किनभने हामी एकीकृत पार्टी भनेर हिँडिरहेका थियौँ, तर फैसलाले ३ जेठ २०७५ भन्दा अगाडिको अवस्थामा पुर्याएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै राष्ट्रिय सभाका नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले भने, ‘तर पनि हामी अदालतको फैसला कार्यान्वयन गरेरै अघि बढ्छौँ, यदि माओवादी केन्द्रले पार्टी एकताअघि दिएको समर्थन फिर्ता लिन्छ भने म विश्वासको मत लिएर अघि बढ्छु ।’

सुझावित समाचार