कांग्रेस सांसदद्वारा प्रतिनिधिसभामा नाराबाजी, बैठक १० मिनेटका लागि स्थगित

आइतबार, २३ फागुन, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले अध्यादेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले अध्यादेश फिर्ता लिन आग्रह गरेकी थिइन् ।

भुसालको आग्रहपछि पनि सभामुख अग्नि सापकोटाले अध्यादेश पेस गर्न समय दिएका थिए । त्यसपछि कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले अध्यादेश फिर्ता हुनुपर्ने बताए ।

खाणले बोलेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका छन् । 

नाराबाजीपछि सभामुख सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् । 

सुझावित समाचार