अपांग सेवा संघलाई आरएमडिसीको सहयोग

बुधबार, १९ फागुन, २०७७
डिजिटल संस्करण

आरएमडिसी लघुवित्तले ललितपुरको बुङमतीमा विभिन्न किसिमका अपांगता भएका बालबालिकालाई आश्रय दिँदै आइरहेको अपांग सेवा संघलाई नगद तथा खाद्य सामग्री सहयोग गरेको छ । लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरेको हो ।  

आरएमडिसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले अपांग सेवा संघका अध्यक्ष दयाराम महर्जनलाई ५० हजार रुपैयाँबराबरको खाद्य सामग्री र अपांग सेवा संघको नाममा ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जनाइएको छ । सहयोग प्रदान गर्न आरएमडिसीका कामु नायब प्रमुख कार्यकारी अधिकृत पृथबहादुर थापा, वरिष्ठ प्रबन्धक अन्नपूर्ण श्रेष्ठ, प्रबन्धक ज्ञानुमाया भण्डारी बुङमती पुगेका थिए । 

यस संस्थाले साझेदार संस्थाहरूमार्फत पिछडिएका वर्गका महिलाहरूलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष योजना पु¥याउँदै आइरहेकोे जनाएको छ ।

सुझावित समाचार