ह्विप नमान्ने सांसदलाई ओलीले हटाउन सक्दैनन् : भीम रावल (भिडियोसहित)

आइतबार, १६ फागुन, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई ओलीले हटाउन नसक्ने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तत्र्रिmया कार्यक्रममा रावलले प्रधानमन्त्री ओलीले ह्विप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुट र भ्रमपूर्ण रहेको बताए । 

संसदीय दलको नेताको हैसियतमा ओलीले लगाएको ह्विप मान्न नपर्ने रावलले बताए । सांसदलाई निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरूको बहुमत रहेको उनको तर्क छ । 

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि उनले बताए । उनले भन,े ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु भन्नुभएको छ । हामी उहाँलाई हटाउँछौँ अब । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छौँ । कुनै सदस्यलाई निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ । दुईतिहाइ सदस्य हामीसँग छन् । अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म, ह्विप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?’

पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्तअनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि रावलले गरे । 
निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि उनले बताए । नेकपाको विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानुन र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने रावलको भनाइ छ ।

सुझावित समाचार