ब्रेनमा समस्या देखिएपछि कांग्रेस केन्द्रीय सदस्य जोशी अस्पताल भर्ना

शुक्रबार, १४ फागुन, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा अचानक समस्या आएपछि जोशी गएराति नर्भिक अस्पतालमा भर्ना भएका हुन्। 

नेविसंघका नेता युपी लामिछानेका अनुसार जोशीको ब्रेनमा समस्या देखिएको छ। नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि  शल्यक्रिया गरिएको छ  ।

शल्यक्रिया सफल भएको उनले जानकारी दिए।  पूर्वउद्योमन्त्रीसमेत रहेका जोशीलाई थ्यालेमिक ह्यामरेज भएको हो । 

सुझावित समाचार