काठमाडौंको सुरक्षा व्यवस्था कडा, हाइअलर्टमा प्रहरी

मंगलबार, ११ फागुन, २०७७
डिजिटल संस्करण

प्रतिनिधिसभा पुनर्स्थापनालगत्तै काठमाडौंको सुरक्षा प्रबन्ध कडा पारिएको छ । विशेषगरी, सर्वोच्च अदालत, नेकपाको धुम्बाराही र पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरक्षा प्रबन्ध कडा परिएको हो । 

नेकपाका कार्यकर्ताबीच हुन सक्ने झडप तथा प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा हुनेहरूले सर्वोच्चमा पुर्याउन सक्ने क्षतिको आकलन गर्दै प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा परेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले सुरक्षा व्यवस्था कडा पारिएको स्वीकार गरे ।

उनले भने, ‘सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेषगरी, पार्टी कार्यालय र तोडफोड हुन सक्ने अन्य क्षेत्रका प्रहरी परिचालन गरिएको छ । यो प्रहरीको नियमित काम नै हो ।’

सुझावित समाचार