पूर्वप्रधानमन्त्री भट्टराईद्वारा चिकित्सकसँग परामर्श, भोलि अस्पताल भर्ना हुने

सोमबार, १० फागुन, २०७७
डिजिटल संस्करण

उपचारका लागि भारतमा रहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चिकित्सकसँग परामर्श गरेका छन् । डा. प्रोफेसर विक्रम भाटियासँग उनले परामर्श लिएका हुन् ।

भारतको नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा भर्ना भई भट्टराईको  स्वास्थ्यको थप परीक्षण हुने जसपा केन्द्रीय सदस्य तथा भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार भट्टराईलाई मंगलबार अस्पतालमा भर्ना गरिनेछ ।

भट्टराई स्वास्थ्योपचारका लागि नेपाल वायुसेवाको जहाजबाट आइतबार दिल्ली गएका हुन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण र उपचार गराइरहेका उनलाई चिकित्सकले दिल्ली जान सल्लाह दिएको पाण्डेले जानकारी दिएका छन् ।

सुझावित समाचार