सुवास नेम्वाङ भन्छन्– प्रतिनिधिसभा विघटन सदर हुनेमा प्रधानमन्त्री दुई सय प्रतिशत विश्वस्त हुनुहुन्छ

शनिबार, ८ फागुन, २०७७
डिजिटल संस्करण
सुवास नेम्वाङ भन्छन्– प्रतिनिधिसभा विघटन सदर हुनेमा प्रधानमन्त्री दुई सय प्रतिशत विश्वस्त हुनुहुन्छ

फाइल तस्बिर

नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतबाट सदर हुनेमा सयमा दुई सय प्रतिशत विश्वस्त रहेको बताएका छन् । सर्वोच्चमा विचाराधीन मुद्दामा आपूmले धारणा नराख्ने भन्दै नेम्वाङ भने ‘म बोल्दिनँ, सम्माननीय प्रधानमन्त्रीले भन्नुभएको छ । लोकतन्त्रमा जनताको बीचमा नगएर कहाँ जाने ? प्रधानमन्त्री सयमा दुई सय प्रतिशत विश्वस्त हुनुपर्छ । प्रधानमन्त्रीमाथि मलाई साह्रै विश्वास छ ।’

ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेम्वाङले सर्वोच्चले फैसला गरेको भोलिपल्ट सबै दलले निर्वाचनमा होमिने निर्णय गर्ने बताए । उनले निर्वाचनको तयारीमा लाग्न आह्वानसमेत गरे । 

सरकारलाई काम गर्नै नदिएका कारण प्रतिनिधिसभा विघटन भएको उनको दाबी छ ।

सुझावित समाचार