महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले नयाँ सञ्चालक चयन गरेको छ । साधारणसभाले मनोरञ्जनरमण शर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई निर्विरोध चयन गरेको हो ।
अध्यक्ष मनोरञ्जनरमण शर्माको अध्यक्षतामा सम्पन्न भएको सभामा उनले वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीवन बिमा क्षेत्रको अवस्था र समस्याबारे जानकारी गराएका थिए ।
सभाले वार्षिक प्रतिवेदनसहित आव ०७५ र ७६ को वासलात, नाफा–नोक्सान हिसाब र अन्य वित्तीय विवरण पारित गरेको जनाइएको छ । सभाले सर्वसाधारणका लागि छुट्याइएको ६० करोड रुपैयाँबराबरको सेयर निष्कासन गर्ने निर्णय गरेको जनाइएको छ ।