सरकारबारे कांग्रेसको समीक्षा– इतिहासका सुन्दर तीन वर्ष खेर गयो (भिडियोसहित)

सोमबार, ३ फागुन, २०७७
डिजिटल संस्करण

कांग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ । इतिहासका सुन्दर तीन वर्ष सरकारले खेर फालेको कांग्रेसको टिप्पणी छ । 

कांग्रेसले वर्तमान सरकारले तीन वर्ष पूरा गरेको सन्दर्भमा सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि सरकारले काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो । सोमबार पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल राजनीतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताको कारणले असफल भएको बताए ।

कांग्रेसले सरकार बलियो भनिए पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको र प्रधानमन्त्री स्वयं अयोग्य भएको प्रारम्भिक मूल्यांकन गरेको शर्माले बताए । सरकारले तीन वर्षमा तीन उपहार दम्भ, द्वन्द्व र भ्रष्टाचार जनतालाई दिएको शर्माको भनाइ छ ।

सुझावित समाचार