नेकपा प्रचण्ड–माधव पक्षले तेस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै

आइतबार, २ फागुन, २०७७
डिजिटल संस्करण

राजनीतिक रूपमा विभाजित नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले संसद् विघटनविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ ।

आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गर्न लागिएको नेकपा केन्द्रीय सदस्य  विष्णु रिजालले जानकारी दिए ।

५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेपछि उक्त समूह त्यसको विरोधमा संघर्षरत छ । आजै निर्वाचन आयोगले निर्वाचन आचारसंहितासम्बन्धी छलफलका लागि दलहरूलाई पनि बोलाएको छ । उता सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको मागसहित परेको रिटमा सुनुवाइ जारी छ ।

सुझावित समाचार