विनयजंग बस्नेतविरुद्ध सपनाले प्रहरीमा अभद्र व्यवहारको उजुरी दर्ता गरिन्

आइतबार, २ फागुन, २०७७
डिजिटल संस्करण

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोकामगरले विजयजंग बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएकी छिन् । आफ्नो नांगाे तस्बिर देखाइदिने धम्की दिएको भन्दै सपनाले आइतबार बस्नेतविरुद्ध उजुरी दिएकी हुन् । 

सपनाले अभद्र व्यवहारको मुद्दामा उजुरी दर्ता गराएको पारिवारिक स्रोतको भनाइ छ । स्रोतका अनुसार केही दिनअघि मौखिक रूपमा प्रहरी प्रशासनलाई जानकारी गराएको र आज भने लिखित उजुरी नै दर्ता भएको छ । सपनाले उजुरी दर्ता गरेपछि प्रहरीको टोली बस्नेतलाई पक्राउ गर्न पुर्जी लिन अदालत गएको छ । 

विनयजंगले यसअघि सपनालाई छोरी मान्दै आएका थिए । विनयजंग र सपना रोकामगरले मिलेर बेवारिसे शव व्यवस्थापन गर्दै आएका थिए । 

सुझावित समाचार