मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

शनिबार, १ फागुन, २०७७
डिजिटल संस्करण

रसुवामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भई जिल्लाको कालिका गाउँपालिका १ स्थित अस्थायी प्रहरीचौकी ग्राङमा कार्यरत २९ वर्षीय प्रहरी जवान इन्द्रप्रसाद अर्याल  रहेका छन् । 

शुक्रबार बेलुकी जिल्लाको कालिका गाउँपालिका १ स्थित राम्चेमा गस्ती गरी ग्राङ फर्कने क्रममा प्रदेश ३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

दुर्घटनामा नुवाकोट घर भई अस्थायी प्रहरीचौकी ग्राङका हवलदार ३५ वर्षीय राजेन्द्र लामा घाइने भएका छन् । दुर्घटना लगत्तै गम्भीर घाइते भएका दुवैजनाको उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट लगिएको थियो ।

उपचारको क्रममा राति एक बजे अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते लामाको थप उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्ज लगिएकोसमेत प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार