नेकपा वरिष्ठ नेता खनालको दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य परीक्षण

शुक्रबार, ३० माघ, २०७७
डिजिटल संस्करण

स्वास्थ्य उपचारका लागि शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अपोलो अस्पतालमा उपचार सुरु भएको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले ट्विट गर्दै अपोलोमा स्वास्थ्य परीक्षण एवं उपचार सुरु भएको बताएका छन् । 

नियमित स्वास्थ्य उपचारको सिलसिलामा खनाल त्यहाँ गएका हुन् । दिल्लीस्थित एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

खनाल दिल्लीमा चार दिन रहनेछन् । यसअघि चीनको बेइजिङमा स्वास्थ्य उपचार गराएका खनाल पुनः त्यहीँ जाने योजनामा रहे पनि कम्तीमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने त्यहाँको नियमलगायतका प्राविधिक समस्याका कारण यसपटक दिल्ली गएका हुन् । दिल्लीमा रहँदा खनालले कुनै राजनीतिक भेटवार्ता नगर्ने उनको सचिवालयले जनाएको छ । 

सुझावित समाचार